तीन जनाको शव भने घटनास्थलमै आफन्तलाई बुझाईएको छ । मुस्ताङकी विनिता भट्टचन, उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको शव पहिचान गरी आफन्तले घटनास्थलमै बुझेका हुन् ।
उनीहरुको शव मुस्ताङमै पोष्टमार्टम गरिने छ । पोखरा ल्याइएका शवहरु पनि पोष्टमार्टम गरेर मात्र आफन्तलाई बुझाइने कास्कीका प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोखरेलले बताए ।
क्याप्टेन रोशन मानन्धर, मुस्ताङकी विनिता भट्टचन,उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको मात्र शव मात्रै चिन्न सकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अन्य शवहरुको अधिकांश भाग जलेको अवस्थामा रहेको छ । तीन वटा शव भने टुक्राटुक्रा भएको अवस्थामा फेला परेका छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मृतकका आफन्तले उद्धारमा सहयोग गरेका थिए । पोखरा विमानस्थलमा मृतकका आफन्त र सर्वसाधारणको ठूलो भीड लागेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान हिजो विहान म्याग्दीको दाना गाविस–१ स्थित सोलीघोप्टे भीरमा दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको थियो ।
imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment