सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार बैठक फागुन १५ गते राजधानीमा बस्नेछ । ‘बैठकमा मधेस आन्दोलन र अबको भावी रणनीति कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहनेछ’, महासचिव सुमनले भन्नुभयो, ‘छ महिना भइसक्दा पनि आन्दोलनको टुङ्गो लाग्न सकेको छैन । यस विषयमा अन्तिम निर्णय त गर्नु पर्छ नी ?’
मधेसी मोर्चामा व्यक्तित्वको टकरावले आन्दोलनलाई असर पारेको आरोप पनि छ । विशेष गरेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मिचाह प्रवृत्ति र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको हठी स्वभावले आन्दोलनलाई असर परेको बताइन्छ ।
मधेसी मोर्चाका बचेखुचेको आन्दोलन पनि फागुन ७ गतेदेखि सक्किएको छ । अहिले केही जिल्लामा फाटफुट रुपमा आन्दोलन भइरहेका छन् । तर आन्दोलनले जनसमर्थन पाइरहेको छैन ।
प्रधानमन्त्री केपी ओली बुधबार राति स्वदेश फिर्ता हुनेवित्तिकै मधेसी मोर्चाले बैठक बोलाएको छ । मधेसी मोर्चाको यो बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment