आज बिहानबाट शव संकलन सुरु भएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जनाए । उद्धारमा करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजोको तुलनामा आज मौसम सफा रहेको पनि उनले जनाए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको दाना गाउँ विकास समिति–१ स्थित सोलीघोप्टे भीरमा हिजो दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको थियो । उद्धार टोलीले दुर्घटनामा परी जलेका यात्रुका शव यत्रतत्र छरिएको अवस्थामा संकलन गरेपनि मौसमको खराबीका कारण हिजो त्यहाँबाट ल्याउन सकेको थिएन ।
एकाएक हिमपात भएपछि उद्धारमा खटिएका सेना र प्रहरी फर्किएकाले आज पर्वतारोहीसमेत लिएर घटनास्थल जाने पोखरा विमानस्थलका प्रमुख दीपक बरालले जानकारी दिए ।
झण्डै २० हजार फिट उचाइको ठाडो भीरमा भएको दुर्घटनामा परी क्याप्टेन रोशन मानन्धर, को–पाइलट विकेश नेम्कुल र एअर होस्टेस रमा राउतका अतिरिक्त २० यात्रुको मृत्यु भएको थियो ।
यता, सरकारले जहाज दुर्घटनाको छानविन गर्न नागरिक उड्डयन प्राधीकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा समिति गठन गरेको छ । पर्यटन मन्त्रालयले गठन गरेको समितिलाई तीन महिनाको समय दिइएको छ ।
imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment