नयाँदिल्लीमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतको नेपालप्रति सधैं असल भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकको भावनालाई भारतले सम्मान गर्ने बताए ।
दुई देशको साझा उद्देश्य विकास भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग दुई देशको सम्बन्ध विस्तारबारे कुरा भएको बताए ।
नेपालको जलविद्युत् नेपालका लागिमात्रै नभएर भारतको उर्जासंकट समाधान गर्नसक्ने भन्दै मोदीले त्यसका लागि मिलेर काम भैरहेका उल्लेख गरे ।
मोदीले प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको स्पस्ट पारे । मोदीले आफू र आफ्नो देशले नेपाली नागरिकको भावनाको सधैं सम्मान गरेको बताए ।
सम्बोधनका क्रममा मोदीले स्वर्गीय पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाप्रति सम्मानसमेत व्यक्त गरे ।
तर, मोदीले नेपालमा संविधान जारी भएपछि भारतले असन्तुष्टि जाहेर गर्दै नेपालविरुद्ध गरेको अघोषित नाकाबन्दीका विषयमा भने कुनै कुरा उल्लेख गरेनन् ।imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment