नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती सम्झौता भएका हुन् । भारतले नेपाललाई भूकम्प पछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान दिने सहमति भएको छ । त्यस्तै, तराईमा सडक पूर्वाधार सुद्धृढिकरण गर्ने बिषय समझदारीको दोस्रो नम्वरमा परेको छ । नेपाल संगीत र नाट्य प्रतिष्ठान तथा भारतको संगीत नाटक एकेडेमीबीच सम्झौता भएको छ । त्यस्तै, नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग गर्ने विकासापटनम बन्दरगाह सञ्चालन गर्ने सहमति पनि दुई पक्षवीच भएको हाम्रा नयाँ दिल्ली सहकर्मीले जनाएका छन् । बंगलादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा प्रदान गर्ने सहमति समेत भएको छ । त्यसैगरी प्रबुद्ध व्यक्तिहरुको समूह निर्माणमा सहमति भएको छ । ekantipur
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment