Saturday, February 20, 2016

राष्ट्रिय हितमा हुने गरि मात्र भारतसंग सम्झौता गर्न नेपालको ओलीलाई आग्रह

८ फागुन, पाँचथर।

नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितमा हुने गरि मात्र भारतसँग सम्झौता गर्नुपर्ने बताएका छन् ।उनले दुबै पक्षलाई बराबरी हुने भए मात्र सम्झौता हुने भएकाले सो गर्न आग्रह गरेका छन्।

सो कुरा एमाले नेता नेपालले शनिबार पाँचथरको फिदिममा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन। उनले चीनसंग जोडिएको ताप्लेजुङको ओलाङचुङ नाका खोल्नको लागि सरकारले प्राथमिकतामा राखेर काम गर्न सके पूर्वको आर्थिक समुन्नती हुने बताए ।

नेपालले कृषि,जलविद्युत, पर्यटन जस्ता क्षेत्रको उचित विकास गरि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई राष्ट्र निमार्णमा लगाउन सकिने बताए । उनले १७ सय बढी किलोमिटरको मध्य पहाडी राजमार्ग १२ सय किलोमिटरमा झारेर सो राजमार्गमा थप सहरको विकास गर्नसके बसाई सराइको समस्या हटाउन सकिन बताए।

नेपालले मधेशको समस्या बिस्तारै हल हुने बताए।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment