Sunday, February 28, 2016

प्रचण्डमाथि भट्टराईको यस्तो व्यंग्य

इटहरी–नयाँ शक्ति अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एकीकृत माओवादी अध्यक्ष प्रचण्डको सु–स्वास्थ्यको कामना गरेका छन् ।
आफूले पार्टी छाडेपछि दाहाल तनावमा परेको भन्दै उनले सु–स्वास्थ्यको कामना गरेका हुन् । ‘पुरानो शक्तिको कल्चर नै नयाँलाई आरोप लगाउने हो,’ एकीकृत माओवादीका शीर्ष नेताले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता भट्टराईले सुसरीको इटहरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अरुले जेसुकै भनोस्, हामीलाई गन्तव्यमा पुग्नु छ ।’ उनले एकीककृत माओवादीलाई पुरानो शक्तिको संज्ञा दिँदै आफूमाथि लगाएको आरोपबारे संक्षिप्त जवाफ दिएका छन् । उनले धर्मको नाममा नागरिकको भावनामाथि कसैले पनि खेलवाड गर्न नहुने पनि बताए । आजको नागरिक दैनिकमा खबर छ ।ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment