Wednesday, February 24, 2016

भारतले संविधानको स्वागत नगरे संयुक्त विज्ञप्ति नै जारी नगर्ने मुडमा ओली

नयाँदिल्ली, १२ फागुन–नेपालको नयाँ संविधानलाई स्पष्ट भाषामा स्वागत गर्न भारत अनिच्छुक देखिएपछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा जारी हुने अपेक्षा गरिएको संयुक्त विज्ञप्ति जारी गर्ने वा नगर्नेबारे मंगलबार साँझसम्म कुनै निर्णय हुन सकेको छैन । नेपालले संयुक्त विज्ञप्तिमा संविधानप्रति भारतको पूर्ण समर्थनको अपेक्षा राखेको छ भने भारत त्यसमा अझ केही बाँकी कामलाई सम्बोधन गर्नुपर्ने महत्वपूर्ण उपलब्धिका रुपमा मात्र हेर्न चाहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अभिव्यक्तिभन्दा बाहिर गएर नेपालको संविधानलाई पूर्ण समर्थन जनाउन भारत अहिलेसम्म सकारात्मक नदेखिएको नेपाली पक्षको बुझाई छ । अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनअनुसार कुनै एक मुलुकको राष्ट्रध्यक्ष वा सरकार प्रमुले अर्को मुलुकको भ्रमण गरेपछि दुवै देशबी चउक्त भ्रमणमा सहमति भएका विषय समेटेर संयुक्त विज्ञप्ति जारी गर्ने गरिन्छ । kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment