ताप्लेजुङको फावाखोला गाविसको वार्ड नम्बर ९ मा निर्माण हुन लागेको यो केवलकार विराटनगरका उद्यमी ध्रुवनारायण श्रेष्ठले निर्माण गर्न लागेका हुन् । यो कम्पनी एकल लगानीमा दर्ता गरिएको छ ।केवलकार फावाखोला गाविसको निकाश डँडेलेडाँडादेखि पाथिभरा मन्दिरसम्म २७ सय ५० मिटर अग्लो हुने कम्पनीले जनाएको छ। मासिक ११ सय यात्रीलाई सेवा दिनेगरी निर्माण गर्न लागिएको केवलकार वर्षभरीमा तीनसय ३० दिन सञ्चालन गर्ने लक्ष राखिएको छ ।
स्थिर पुँजी आठ करोड ४२ लाख र चालु पुँजी ८० लाख ६५ हजार गरी कुल आठ करोड ८४ लाख सतासी हजार रुपैंया कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय क्षेत्रका रुपमा रहेको पाथिभरामा केवलकार सञ्चालन गर्नेवारेमा पटकपटक छलफल भएको थियो।
दिनमा दुईपटक सञ्चालन हुन लागेको यो केवलकारको लागि २५० केभिए विद्युत चाहिने कम्मनीले जनाएको छ। यो केबलकार निर्माण तथा सञ्चालनका लागि यही फागुनमा उद्योग विभागमा कम्पनी दर्ता भएको छ ।
शतप्रतिशत नेपाली लगानी रहेको यो केवलकारमा २५ जनाले रोजगारी पाउनेछन्। करिब चारहजार मिटरको उचाइमा रहेको यो मन्दिरमा वार्षिक हजारौं तीर्थयात्रीले भ्रमण गर्ने गरेका छन्। पुसदेखि चैतसम्म हिउँ पर्ने भएकोले हिउँखेल्न चाहनेले पनि सो स्थान उपयोगी हुनेछ ।
पाथिभरा बाहेक पनि अहिले तीन वटा अन्य केबलकार निर्माण गर्न उद्योगीले सरकारसँग अनुमति लिएका छन् । काठमाडौंको चन्द्रगिरीमा पनि केबलकार सञ्चालनका लागि तिब्र गतिमा काम भइरहेको छ। डोरी र केबलकारको डब्बा हाल्नेकाम भइरहेको छ भने लगभग काम अन्तिम चरणमा पुगेको कम्मनीले जनाएको छ। यो केबलकारको लम्बाई २.२ किलोमिटर रहेको छ । कुल ३ अर्ब २५ करोड लगानीमा निर्माण हुन लागेको थानकोट चन्द्रागिरी केबलकार प्रालिले २०७३ बैशाखबाट सुरु हुने कम्पनीले जनाएको छ।
त्यस्तै अन्नपुर्ण केबलकार प्रालिले पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कदेखि फेवाताल, रानीवन हुँदै पुम्दीभुम्दीस्थित डाँडामा रहेको शान्ति स्तुपासम्म पुग्ने केबलकार निर्माण गर्न अनुमति लिएको छ । यो केबलबार निर्माणमा भने विवाद देखिएको छ ।
दोलखाको प्रसिद्ध तीर्थस्थल कालिन्चोक भगवति मन्दिरमा पनि आउँदो २०७४ सालभित्र सम्पन्न हुनेगरी केबलकार निर्माण हने यसअधि नै पक्का भएको छ।
कालिन्चोक दर्शन प्रालिले सो स्थानमा केवलकार सञ्चालन गर्न लागेको हो । केवलकार निर्माणका लागि आवश्यक प्रविधि तथा उपकरण आयातका लागि प्रतितपत्र (एलसी) समेत खोलिसकेको कम्पनीले जनाएको छ।
३ हजार ८ सय मिटर उचाइमा रहेको सो स्थान आन्तरीक र वाह्य पर्यटकका लागि पर्यटकीय स्थल हुन सक्छ। २६ करोड लगानीमा निर्माण हुन लागेको उक्त केबलकार २०७४ साल वैशाख भित्र सञ्चालन आउने जनाइएको छ।
हालसम्म मनकामना केबलबार मात्रै सञ्चालनमा छ ।
२०७५ सालसम्म कुनकुन केबलकार कहाँ कहाँ सञ्चालन हुने
१ थानकोट चन्द्रागिरी केबलकार, काठमाडौं
२ अन्नपुर्ण केबलकार, पोखरा
३ कालिन्चोक दर्शन, दोलखा
४ श्री पाथिभरादेवी दर्शन, ताप्लेजुङnews24nepal.
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment