Wednesday, February 24, 2016

दिल्लीबाट प्रधानमन्त्रीको फोन पर्यटनमन्त्रीलाई:‘विमान खोजीकार्य छिटो गर्नु’

काठमाडौ.,फागुन १२  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन विमान खोजीकार्य जतिसक्दो छिटो गर्न निर्देशन दिएका छन् ।
भारतको राजकीय भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री आनन्दप्रसाद पोखरेललाई टेलिफोन सम्पर्क गरी जतिसक्दो छिटो विमान खोजी कार्य गर्न निर्देशन दिएका हुन ।
प्रधानमन्त्रीले आफूलाई टेलिफोन गरी युद्धस्तरमा सम्पर्कबिहीन विमानको खोजी गर्न निर्देशन दिनभएका मन्त्री पोखरेलले जानकारी दिए ।
केही समयअघि जहाज म्याग्दीको दाना गाविस–२ सोलेघोप्टे भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाले उद्धार कार्य जतिसक्दो छिटो गर्नका लागि सम्बन्धित निकार्यमा सुरक्षा निकाय परिचान भइसकेको समेत उनले जानकारी दिए ।
आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको सम्पर्क बिहीन भएको तारा एयरको जहाज दानाको सोलीघोप्टे भीरमा दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २३ जना यात्रु थिए । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment