Saturday, February 27, 2016

'भारतमा नेपाली झन्डाको अपमान हुँदा सरकार बोलेन'

हिमालदेखि तराईसम्म एकसाथ आन्दोलन गर्ने
काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाली राष्ट्रिय झन्डाको स्वरुप बिगारेर भारतमा अपमान गरिँदा सरकारले नबोलेकोमा आपत्ति प्रकट गरेको छ ।

मोर्चाको शनिबार संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित कार्यालयमा बसेको बैठकले भारतीय भूमिमा झन्डाको स्वरुप विगारेर देशकै अपमान हुँदा पनि सरकारले नबोल्नु उसको नालायकीपन नभएको निचोड निकालेको हो।

मोर्चाले अबका दिनमा मधेसका माग पुरा गराउन हिमाल पहाड र तराईका आदिवासी जनजातिलाई एकसाथ आन्दोलनमा उतार्ने तयारीमा जुट्ने पनि निर्णय गरेको राई–मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले बताए ।

मोर्चाले नाकाको अवरोध हट्दा पनि देशमा इन्धनको अभाव नहटेको जनाउँदै ओली सरकार नै कालोबजारीमा लागेर जनताको ढाड सेकिरहेको आरोप लगाएको छ ।

'सर्वसाधरण जनतालाई इन्धन र ग्यास लगायत अत्वाश्यक उपभोग्य सामाग्री सहजरुपमा उपलब्ध गराउन र लुटतन्त्रलाई तत्काल रोक्ने तर्फ सरकार लागोस्', मोर्चाले भनेको छ, 'आन्दोलनका क्रममा पक्राउ कार्यकर्ता रिहाइ र मधेस आन्दोलनका क्रममा भएको नोक्सानीको क्षतिपूर्तिका लागि पनि सरकारको ध्यानाकर्षण गराउँछौं ।'

मोर्चाले ६ महिना लामो आन्दोलनका क्रममा लागेको यातायातको जरिबान, ब्याज मिनाहा, विद्यार्थीको शुल्क पनि मिनाहा गरिनुपर्ने माग गरेको छ । उसले आन्दोलनका क्रममा लागेको कर दस्तुर पनि नलिन सरकारलाई भनेको छ ।

मोर्चाले स्थायी प्रकृतिको सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले मोर्चाको ११ बुँदे मागसहित राष्ट्रिय सरोकारका विषय समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको शुक्लले बताए ।

नेता शुक्लका अनुसार मोर्चाको सचिवालयमा राजेन्द्र श्रेष्ठ, मनिष सुमन, वृषेश चन्द्रलाल, रामनरेश राय, केशव झा, कौशलेन्द्र मिश्र, परमेश साह रहेका छन् ।

मोर्चाले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण कूटनीतिक रुपमा असफल रहेको ठहर गरेको छ ।उसले आन्दोलनका कार्यक्रम अघि बढाउन आन्तरिक तयारी र छलफल अघि बढाउने पनि निर्णय गरेको छ ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment