काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातो कार्पेट बिछ्याएर स्वागत गरेको भारतले भ्रमणको अन्तिम दिन भने तित्तता नसकिएको संकेत दियो ।
भारतले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा जारी हुने भनिएको संयुक्त विज्ञप्तीमा भने नेपालको नयाँ संविधानलाई स्पष्ट रुपमा स्वागत गर्न नमानेपछि संयुक्त विज्ञप्ती आउन सकेन ।
ओलीलाई मोदीको गृहनगर गुजरातमा भव्य अभिनन्दन र राष्ट्रपति भवनमा राखेर स्वागत गरेपनि संविधानको भने स्वागत नगरेको हो ।
भ्रमणको अन्तिम दिन बुधबार जारी हुने भनिएको संयुक्त विज्ञप्तीमा नेपालले स्पष्ट भाषामा नेपालको संविधानको स्वागत शब्द राख्न खोजेको थियो भने भारतीय पक्षले त्यसमा रिजर्भेसन राखेको थियो ।
दुवै देशका सरकारी अधिकारीहरुले बुधबार अपरान्हसम्म संयुक्त विज्ञप्ती निकाल्न वार्ता गरेका थिए । कुनै मुलुकका राष्ट्र तथा सरकारप्रमुखले अर्को मुलुकको भ्रमण गरेपछि वा भ्रमणकै क्रममा दुवै देशबीच सहमति भएका विषय समेटेर संयुक्त वक्तव्य जारी गर्ने अन्तराष्ट्रिय परम्परा रहेको छ ।
विगतमा नेपाल या भारतका प्रधानमन्त्रीको भ्रमणका क्रममा संयुक्त विज्ञप्ती जारी गरिएपनि यसपटक संविधानमा स्वागत गर्ने विषयलाई नै लिएर जारी हुन नसकेपछि भारतले नेपालको संविधानलाई अझै पनि भित्रैदेखि स्वीकार गरेको छैन भन्ने देखिएको विश्लेषकहरुको भनाई छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment