एजेन्सी । तारा एयरको विमान दुर्घटनाबारे विभिन्न आशंका चलिरहेका बेला एक फोटोग्राफरले नयाँ खुलासा गरेका छन् ।
अस्ट्रेलियाका फोटोग्राफरले बुधबार दुर्घटना भएको तारा एयरको विमान दुर्घटना बारे सनसनीपूर्ण खुलासा सार्वजनिक गरेका हुन् ।
अष्ट्रेलियाको गोल्डेक्वेस्ट पत्रिकाका फोटोग्राफर माइकल वाटरहम बुधबार दुर्घटना भएको तारा एयरको त्यही जहाजमा सोमबार यात्रा गरेका थिए ।
waters
उनले उक्त विमान त्यस दिन पनि दुर्घटना हुने अवस्थामा पुगेको दाबी गरेका छन् । उनले पाइलट मानन्धर अवतरण सफल भएपछि निकै हर्षीत रुपमा बाहिरिएको दाबी समेत गरेका हुन् ।
उनले सोमबार नै विमानमा कुनै न कुनै समस्या देखिएको र अवतरण पश्चात् पाइलटलाई ग्रिनलाईट देखाएर स्वागत गरिएको पनि बताएका छन् ।
उनले आफुले नेपाली भाष नबुझे पनि पाइलटले बटन दवाएको र कोपाइलटले देखाएको हाउभाउले सोमबार नै विमानमा कुनै न कुनै गडवडी आइसकेको बताएका हुन् ।
उनको यस्तो भनाई आए पनि विमान कम्पनीले भने यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment