नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कसैसँग बार्गेनिङ्ग गर्नको लागि १३ औँ महाधिवेशनमा सभापति पदकोलागि उम्मेदवारी घोषणा नगरेको स्पष्ट पार्दै उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताएकी छिन ।
आफू धेरै अगाडि बढीसके अब पछि हट्ने सम्भावना नरहेको बताउंदै उनले यस पटक पनि ब्याक भए काग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्ने बताएकी हुन् ।
कोइरालाले आफूलाई काग्रेसका देशै भरीका कार्यकर्ताहरुको समर्थन रहेको दावी गर्दै विजयी हुने दावी गर्दै उनले भनिन, ‘म देश भरी घुमेकी छु । मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दवाव छ । देशैभरी मैले समर्थन पाएको छु । १२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हुँ, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन ।’
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र काग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताइन।
उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन । कोइरालाले भनिन, ‘शसांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन ।’
सुजाताको सभापतिमा उम्मेदवारीले अहिलेका कार्यवहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई भने अर्को प्रतिद्वन्दी मिलेको छ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment