Saturday, February 27, 2016

सुजाताले गरिन ‘ब्याक’ नहुने घोषणा, रामचन्द्र पौडेललाई ठूलो धक्का

काठमाडौ, १५ फागुन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कसैसँग बार्गेनिङ्ग गर्न को लागि १३ औ महाधिवेशनमा सभापति पदको लागि उम्मेदवारी घोषणा नगरेको स्पष्ट पार्दै उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन– ‘मैले बार्गेनिङ्गको लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होईन । म धेरै अगाडि बढिसके अब पछि हट्ने सम्भावना छैन । अब मलाई अरुले सपोर्ट गर्नुपर्छ । म यसपटक पनि ब्याक भए कांग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’
कोइरालाले आफूलाई काग्रेसका देशै भरीका कार्यकर्ताहरुको समर्थन रहेको दावी गर्दै विजयी हुने ठोकुवा गरिन । उनले भनिन– ‘म देश भरी घुमेकी छु । मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दबाब छ । देशैभरी मैले समर्थन पाएको छु । १२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हुँ, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन ।’
कोइरालाले पार्टीभित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र कांग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताईन । उनले भनिन– ‘त्यसबाट कांग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ । मेरो उम्मेदवारीले समस्या हल गर्छ ।’
कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे यूवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान विर्सिए कांग्रेस नै समाप्त हुने चेतावनी दिईन ।
उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन । कोइरालाले भनिन– ‘सशांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन ।’
सुजाताको यस्तो घोषणासँगै संस्थापन पक्षबाट सभापतिका उम्मेदवार बन्न कसरत गरिरहेका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई महाधिवेशनमा धक्का लाग्ने देखिएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment