Saturday, February 27, 2016

भारतले फेरि दियो धोका, वीरगञ्जका व्यावसायीको भयो रुवाबासी

शनिबार, १५ फागुन
वीरगन्ज । परवानीपुर–वीरगन्ज–रक्सौल प्रसारण लाइन निर्माण ओझेलमा परेपछि यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित भएका छन् ।
योसँगैको ढल्केबर–मजफ्फरपुर प्रसारण लाइन तयार भएर भारतबाट विद्युत् आयात हुन थालेको छ तर लामोसमयदेखि चर्चामा रहेका परवानीपुर–वीरगन्ज–रक्सौल प्रसारण लाइनको काम सुरु नहुदा वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका व्यवसायी चिन्तित भएका हुन् ।
यस औद्योगिक कोरिडोरमा देखिएको विद्युत्भार कटौतीको समस्या समाधानका लागि निजी क्षेत्रले एक दशकदेखि परवानीपुर–वीरगन्ज–रक्सौल १३२ केभी प्रसारण लाईन निर्माण गर्न सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दै आएको छ । तर निर्माण गर्ने आश्वासनबाहेक हालसम्म सम्बन्धित निकायबाट कुनै प्रगति हुन सकेको छैन ।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय सम्झौताअनुसार, सन् २०१२ मा यो प्रसारण लाईनको प्राविधिक अध्ययनसमेत भएको थियो । उक्त अध्ययनले नेपालतर्फ १३ किलोमिटर र भारततर्फ चार किलोमिटर प्रसारण लाइन निर्माणका लागि करिब रु ५० करोड लाग्ने अनुमान गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको परवानीपुर सवस्टेसनबाट भारतको रक्सौलसम्म प्रसारण लाइन निर्माण भएपछि तत्काल ८० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ । चर्को विद्युत्भार कटौतीका कारण विशेषगरी वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योग व्यवसाय नराम्ररी प्रभावित हुँदै गएकाले सो अवस्थालाई सम्बोधन गर्न तत्कालै परवानीपुर–वीरगन्ज–रक्सौल प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन यस क्षेत्रका उद्योगी–व्यवसायीले माग गरेका छन् ।
यस कोरिडोरमा साना र ठूला गरी झन्डै दुई हजार उद्योग सञ्चालनमा छन् । “वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरको विद्युत् कटौती हटाउन वीरगन्जदेखि रक्सौलसम्म ३३ केभी विद्युत् वितरण लाइनबाट विगतमा भारततर्फ निकासी भइरहेको १० एमभिए विद्युत् हाल यस क्षेत्रका लागि उपलब्ध गराउनुपर्दछ”, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भने, “यसरी ३३ केभी विद्युत् वितरण लाइनबाट भारततर्फ निकासी गर्नका लागि भारतबाट रक्सौल भएर १० एमभिए विद्युत् आयात गर्न सरकारले तत्काल भारत सरकारसँग पहल गर्नुपर्छ ।”
भारत सरकारको सहयोगमा थप एक सर्किट ३३ केभी प्रसारण लाइन क्रस बोर्डर प्रसारण लाईन रक्सौलदेखि वीरगन्जसम्म बनाउन आवश्यक देखिएकाले यसबारे पनि सरकारले भारत सरकारसँग आवश्यक पहल गर्नुपर्छ ।
यस बारेमा नेपाल सरकारले ताकेता गर्दा पनि भारतले सम्झौता मात्रै गर्ने तर, काम नगर्ने प्रवृत्ती देखाउँदा समस्या आएको व्यावसायीहरको भनाई छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment