उक्त वायुको प्रभावले खासगरी आज पूर्वी र पश्चिम पहाडी क्षेत्रमा बढी बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा सामान्य बद्ली भए पनि पूर्वी र पश्चिमी भेगमा बढी प्रभाव परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझपख पूर्वी पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।
“पूर्वी र मध्य पहाडी भेगमा आइतबार र सोमबार अपराह्नपछि मेघ गर्जनसहित एक दुई स्थानमा पानी पर्ने सम्भावना देखिन्छ,”–रासससँग कुरा गर्दै मौसमविद् अर्यालले भन्नुभयो । पछिल्लो एक सातादेखि नेपालको मौसममा सामान्य खराबी आएको छ । बिहान वा दिउँसो केहीबेर घाम लागेपनि अपराह्नपछि मेघ गर्जनसहित बद्ली हुँदै आएको छ ।
सामान्यतः प्रिमनसुन मार्च महिनाबाट सुरु हुन्छ । अहिलेको मौसम गडबडी प्रिमनसुनको लक्ष्यण भएको मौसमविद्को भनाइ छ । यो बेला तापक्रम बढी स्थानीय वायु सक्रिय हुने हुँदा अपराह्नपछि मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहन्छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २३ देखि २५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस internetkhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment