Thursday, February 25, 2016

तारा एअरको बिमान दुर्घटनाः जाहाज भीरमा नठोक्किँदै खसेका थिए यात्रु


म्याग्दी, १३ फागुन– तारा एअरको जहाज दुर्घटनामा निधन भएकाको शव राजधानी ल्याउने प्रयासमा आज बिहानैदेखि सुरक्षा निकाय पुनः सक्रिय भएको छ ।

शवहरु अप्ठेरो भिरमा यत्रतत्र छरिएको र अत्याधिक चिसोका कारण हिजो उद्धारकार्य रोकिएको थियो । आज बिहानैबाट पुनः उद्धारकार्य सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्मीका डिउसपी विश्वराज खड्काले जानकारी दिए ।
घटनास्थलमा अञ्चल प्रहरी कार्यालय धौलागिरिका प्रमुख एसएसपी छबिलाल जोशी, नेपाली सेनाको मुस्ताङ घाँसाबाट मेजर सूर्य सिंखडा नेतृत्वमा गएको टोली र सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतबाट डिएसपी बलराम लामिछाने नेतृत्वमा गएको टोली उद्धारमा खटिएको छ ।
खड्काका अनुसार दुर्घटनास्थलमा १९ वटा मात्र शव फेला परेका छन् । चारवटा शव भने सोलीघोप्टे भीरको बीचैमा अड्किएको देखिएको उनले बताए । ती शव जहाजको ढोका खुलेर भीरमै खसेको हुन सक्ने अनुमान गरिएको छ ।
पोखराबाट जोमसेम उडेको तारा एअरको बिमान बुधबार बिहान म्याग्दीको दाना गाविस–२ सोलीघोप्टे भीरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीनसहित २३ को ज्यान गएको थियो । खड्काले डाइनेस्टिक एयरको जहाजमार्फत शव राजधानी पठाइने जानकारी दिए ।
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment