। कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नी खरेलले नेपाल भारतबीचको असमझारी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणवाट समाप्त भएको बताएका छन् ।
आज बिहान झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको भ्रमण सफल भएको भन्दै अब द्विपक्षीय सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरे ।
‘ प्रधानमन्त्री ओलीको भ्रमणलाई भारतीय सरकारले उच्च प्राथमिकता दिनुले पनि भ्रमण फलदायी बन्यो’ उनले भने,–‘ अब हिजोको जस्तो असहज स्थिति आउने छैन् ।’ नेपालको सार्वभौम अधिकारलाई विभिन्न बहानामा छिमेकी मुलुकले प्रभावित गर्ने गरेकाले त्यस्तो हुन नदिन राष्ट्रवादी शक्ति बीचको एकता सधैँ आवश्यक भएको उनको भनाइ थियो ।
मन्त्री खरेलले मुलुकलाई अब राजनीतिक परिवर्तनसँगै आर्थिक रुपान्तरणको दिशामा अगाडि बढाउन दलीय एकताको खाँचो रहेको औँल्याए । रासस
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment