काठमाडौं । प्रहरीले बुधबार काठमाडौका विभिन्न १६ म्यानपावरमा छापा मारेकोे विरोधमा आजबाट म्यानपावर व्यवसायीहरुले कार्यालय बन्द गरेका छन् ।
म्यानपावर व्यवसायीहरुले अब यसअघि नै प्रवेशाज्ञा पाइसकेका कामदारहरु सातदिनभित्र पठाउने र अरु कुनै पनि काम नगर्ने घोषणा समेत गरेका छन ।
व्यवसायहरुले म्यानपावर कम्पनीहरुमा प्रहरीले छापा मारेर सम्पुर्ण व्यवसायीहरु आतंकीत बनाएको भन्दै प्रहरी र सरकारको कडा बिरोध गरेका छन ।
उनीहरुले कार्यालयमा छापा मार्ने, पक्राउ गर्ने, कागजात नियन्त्रणमा लिने कार्यले वैदेशिक रोजगार क्षेत्रलाई धरासायी गराउन लागेको आरोप लागाएका छन ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment