Wednesday, February 24, 2016

तारा एयर दुर्घटना: अधुरै रह्यो विवाहको तयारी

बुधबार १२ फागुन, २०७२
तारा एयरकाे जहाज दुर्घटनामा निधन भएका सहपाइलट डिकेश नम्कुलतारा एयरकाे जहाज दुर्घटनामा निधन भएका सहपाइलट डिकेश नम्कुल
काठमाडौं – तारा एयरकाे ९ए-एएचएच दुर्घटनामा निधन भएका सहपाइलट डिकेश नम्कुल ललितपुर पाटन निवासी हुन्। २९ वर्षीय उनले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए। रमाइला स्वभावका दीकेशले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स सिध्याएर फर्किएका थिए।


एक हप्ता अगाडि उनले साथीहरूसँग चिसापानी हाइकिङ जाने योजना बनाएका थिए। 'हामी चिसापानी हाइकिङ जाने योजना हुँदा गत हप्ता कुराकानी भएको थियो। मेरो र उसको फुर्सद नमिल्दा जान पाएनौं,'सहपाइलट डिकेशका साथी दीपेन शाक्यले नागरिकन्युजसँग भने, 'अब कसरी हाइकिङ जानेर खै? त्यही कुराकानी अन्तिम बन्न पुग्यो।'

दुई दिदी र एक बहिनीका डिकेश एक्ला भाइ हुन्। ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी सिध्याएका उनी साथीभाइबीच रमाइलो र हाँसी मजाक गर्ने व्यक्तिकाे रूपमा परिचित थिए। नेवार समुदायको पकड भएको पाटनमा जन्मी, हुर्की गरे पनि उनलाइ नेवारी बोल्न गाह्रो लाग्थ्यो। सधैँ रमाइलो गर्नुपर्ने उनी जोक सुनाउनलाइ भने नेवारी भाषा प्रयोग गर्थे।

'हामी नेवारी टोलमा हुर्किएका साथीहरुको ६ जनाको समूहमा डिकेशलाई मात्र स्पष्ट नेवारी बोल्न आउँदैन थियो। साथीहरुलाई हसाँउनुपर्दा अप्ठ्यारी गरी नेवारी बोल्ने गर्थ्यो,'अर्का साथी सुदर्शन शाक्यले सम्जिए।

आमा सहितको परिवारमा बस्ने उनको केही समययता विवाहको तयारी हुँदै थियो।
nagariknews

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment