प्रधानमन्त्री ओलीले उक्त विमान क्षतिग्रस्त हुँदा भएको मानवीय र भौतिक क्षतिप्रति आफू निकै मर्माहत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गरी उल्लेख गर्नुभएको छ ।
क्षतिग्रस्त विमानमा यात्रारत यात्रुका परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यसहित २३ जनाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले खोजी तथा उद्धार कार्यमा लाग्न कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई निर्देशनसमेत दिइसक्नुभएको छ ।
आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरलाइन्सको जहाज म्याग्दी दाना गाविस–२ स्थित सोली घोप्टेभीरमा दुर्घटना भएको पुष्टि भइसकेको छ । रासस
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment