वीरगन्ज। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनका क्रममा भएको दमन र मानवअधिकार उल्लङ्घन घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउनुपर्ने बताएका छन ।
सो पार्टीद्वारा बुधबार आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्तासँगको छलफल कार्यक्रममा उनले मधेसकेन्द्रित दलहरुले उठाएका मागलाई सम्बोधन नगरेसम्म सशक्त आन्दोलन जारी राख्ने बताएका छन ।
अध्यक्ष झाले अहिले आन्दोलनको स्वरुपमात्र परिवर्तन गरिएको छ भन्दै आन्दोलनको थप कार्यक्रमबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको छिट्टै बस्ने बैठकले निर्णय गर्ने बताए ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि र कार्यक्षेत्र स्पष्ट नभएसम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसमा सहभागिता नजनाउने उनले बताए ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment