दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले हवाई यात्रा सुरक्षित सरोकारवाला बनाउन सबैमा अपिल गरेका छन् ।
यस्तो छ लोकमानको अपिलः
हार्दिक श्रद्दाञ्जली !
——————–
आज विहान ७ बजेर ५७ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान म्याग्दीको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र त्यसमा सवार २० जना यात्रुहरु र चालकदलका सम्पूर्ण सदस्यहरु गरि २३ जनाको असामयिक निधन भएको खबरले म स्तब्ध भएको छु । यस दु:खद दुर्घटनामा परि मृत्युवरण गर्ने सबैमा हार्दिक समवेदना अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धेर्य धारण गर्ने शक्ति मिलोस् भनि ईश्वरसंग प्रार्थना गर्दछु।
नेपालमा यस्ता गम्भिर प्रकृतिका हवाई दुर्घटना बारम्बार दोहोरिरहनु र सरोकारवाला पक्षहरुबाट यस प्रकारका दुर्घटनाको न्युनीकरणको लागि यथेष्ट र नतिजामुखि पहल हुन नसक्नु वास्तवमै खेदजनक छ। सन् २००९ मा नेपालको उड्डयन सुरक्षा सम्बन्धमा अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले गरेको एक अध्ययन प्रतिवेदनमा नेपालले ICAO को अधिकांश मापदण्ड पूरा नगरेको देखाउनु, उड्डयन सुरक्षाका विषयमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको भेटिनु र हालसम्म पनि यसमा तात्विक सुधार नआउनु हाम्रा लागि दु:खको विषय हो ।
नेपालमा हरेक जहाज दुर्घटनापछि छानबिन आयोग गठन हुने, आयोगले दुर्घटना रोक्नका लागि प्राविधिक र मानवीय कमजोरी हटाउने तर्फ पर्याप्त सुझावहरु दिने तर त्यसरि दिईएका सुझावहरुको कार्यान्वयन नभई थन्किएर बस्ने प्रवृत्ति नै नेपालमा जहाज दुर्घटनाको श्रृङ्खला नरोकिनुको मुख्य कारण हो । यसर्थ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र सम्बद्द सम्पुर्ण निकायहरुलाई दुर्घटना नियन्त्रण गर्ने सम्बन्धमा आ-आफ्नो दायित्व र जिम्मेवारी ईमान्दारिता पुर्वक निर्वाह गर्न अपिल गर्दछु । साथै, बिशुद्द नाफामुखी मात्र नभई मानव जीवनको महत्वलाई केन्द्रबिन्दुमा राखि सेवा प्रवाह गर्न सम्पुर्ण एयरलाइन्स कम्पनिहरुलाई समेत अपिल गर्दछु । अन्त्यमा पुन: सम्पूर्ण दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दछु।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment