Wednesday, February 24, 2016

गौतम बुद्धको मावली गाउँमा महोत्सव हुने

काठमाडौं, फागुन १२ । भगवान् बुद्धको मावली गाउँको रुपमा रहेको रुपन्देहीको देवदहमा फागुन १८ गतेदेखि दोस्रो देवदह औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
मेला आयोजक देवदह उद्योग वाणिज्य संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार स्थानीय उत्पादनको प्रदर्शनी, पर्यटकीय स्थलहरुको भ्रमण, उँट तथा हात्ती सफारीलगायत मेलाका आकर्षण रहेने जनाएको छ ।
बुद्धको मावली गाउँको रुपमा रहेको देवदह क्षेत्रको विकास गरी सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटक पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव फागुन २९ गतेसम्म सन्चालन हुने बताइएको छ ।
imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment