Wednesday, February 24, 2016

प्रधानमन्त्री फर्कँदै, संयुक्त विज्ञप्तीमा हस्ताक्षर भएन

काठमाडौंः भारतको ६ दिने भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ मुम्बईबाट काठमाडौं फर्कँदैछन् ।

भ्रमणको अन्तिम दिन बलिउडका कलाकारसँग भेटघाट गरेपछि ओली काठमाडौं फर्कन लागेका हुन् ।

काठमाडौं आउनका लागि उनी अहिले साढे ६ बजे मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका छन् ।


ओलीको भ्रमणबारेमा नेपाल र भारतबीच हुने भनिएको संयुक्त हस्ताक्षर नभइ ओली नेपाल फर्कन लागेका हुन् ।

यद्यपि ओलीले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको दाबी गरेका छन् ।

उनले आफ्नो भ्रमणले दुई देशबीचको असमझदारी तोडेको उल्लेख गर्दै संविधानमा रहेको भ्रम पनि अब हटेको बताइसकेका छन् ।

स्रोतका अनुसार हिन्दुराज्यको मुद्दा र मधेस आन्दोलनसहितका केही एजेन्डामा सहमति नजुटेपछि ओली संयुक्त विज्ञप्तीमा हस्ताक्षर नगरी घर फर्केका हुन् ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment