बागलुङ । बसले किच्दा बागलुङको हरिचौर–८ का चित्रबहादुर कँडेलको ज्यान गएको छ । काठमाडौँंदेखि बुर्तिवाङ हिंडेको ना।४ख ८४३४ नम्बरको बसले बुधबार बिहान कँडेललाई किचेको हो ।
मादकपदार्थ सेवन गर्नुभएका कँडेल माथिबाट एक्कासि लड्दा बसको पछाडि परेको प्रहरीले जनाएको छ । बसको पछाडिको टायरले टाउकोमा किचेका कारण कँडेलको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।
बसका चालक हरिचौरका विष्णु पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घटनास्थल हटिया गाविसस्थित मध्यपहाडी लोकमार्गमा पर्छ । रासस
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment