Friday, February 26, 2016

विमान दुर्घटनामा ज्यान गुमाउने पाइलट पूर्वमन्त्रीका छोरा

काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जोमसोम जानेक्रममा शुक्रबार कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा निधन भएका को–पाइलट सन्तोष राना पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाको छोरा भएको खुलेको छ ।
कान्छा सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए । रानाले अमेरिकामा तालिम लिएर २०७१ सालमा उडानको लाइसेन्स लिएका थिए । २०७२ साल बैशाखदेखि उनी काष्ठमाण्डप एयरमा कार्यरत थिए । २७ वर्षीय अविवाहित रानाको घर पाल्पा हो ।

पूर्वमन्त्री रानाका जेठा छोरा भने ब्रिटिस लाहुरेमा कार्यरत छन् । रानाले जहाज दुर्घटनाबारे संचारमाध्यममा समाचार आएपछि थाहा पाएको बताएका छन् ।
लामा दुर्घटनापछि नेपालगंज नै प्रस्थान गरेका छन् । जहाज दुर्घटनामा डोल्पा द्दर भएका पाइलट दिनेश न्यौपानेको पनि मृत्यु भएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment