Friday, February 26, 2016

सबै यात्रु बचाएर सँधैका लागि यसरी विदा भए क्याप्टेन दिनेश


फागुन, काठमाडौं ।

शुक्रबार कालिकोटमा काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको निधन भएको छ ।

विमानमा समस्या आएपछि चालक दिनेश न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो ।

यात्रुलाई बचाउन दिनेश र सन्तोषले अन्तिम सम्म पनि प्रयास गरेको घटनाक्रमले देखाएको छ । चालक र सहचालकले आफ्नो बलिदान गरेर पनि यात्रुहरुलाई भने सुरक्षित राखेको देखिएको छ।

पाइलट दिनेशको ककपिटमा छोपिएको शव देखिने दृष्य सार्वजनिक भएको छ । कालिकोटका कमल शाहीले सार्वजनिक गरेको यो दृष्य यतिबेला सामाजिक सञ्जलमा भाइरल बनेको छ ।

२ महान आत्माः दिनेश र सन्तोष- जसले आफू मरेर अरुलाई बँचाए

विमान बझारिएपछि पनि पाइलट ककपिटमै रहेको दृष्यबाट देख्न सकिन्छ । उनले अन्तिम सम्म पनि आफू मरेर भएपनि यात्रुहरुलाई बचाउने बताएको समेत बाँचेका यात्रुहरुले बताएका छन् ।


घाइतेको उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको हेलिकोप्टर गइसकेको र काठमाडौबाट पनि हेलिकोप्टर पठाइएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढा नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment