Saturday, February 27, 2016

गोरखामा रहेका प्रचण्डलाई बाबुरामले रातारात पठाए यस्तो सन्देश

काठमाडौं, १५ फागुन । गोरखा पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो गृहजिल्लामा चुनाव जितेर देखाउन चुनौति दिएपछि बाबुरामले रातारात कडा सन्देश पठाएका छन् ।
बाबुरामले आफ्नो सन्देशमा कडा जवाफ फर्काउँदै अर्काे चुनावमा २० सिट जितेर देखाउन चुनौति दिएका छन् ।
उनले भनेका छन्– ‘कमरेड प्रचण्डले मलाइ गोर्खाबाट चुनाब जितेर देखाउन चुनौती दिएछन । म प्रचण्डलाई चुनौती दिन्छु तपाईं अर्को चुनाबमा २० सिट ल्याएर देखाउनुस ।’
यसअघि बाबुरामको गृहजिल्ला गोरखा पुगेका प्रचण्डले बाबुराम धोकेवाज भन्दै जवाफदिन जनतालाई आग्रह गरेका थिए । उनले अब बाबुराम गोरखामा नजित्ने ठोकुवा गरेका थिए ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment