काठमाडाैं । परिवारकी एक्ली छोरा थिइन् रमा राउत । साढे तीन वर्षदेखि तारा एयरमा एयरहोस्टेसका रूपमा कार्यरत थिइन् । सोमबार पोखरा गएकी उनको परिवारमा बिहेबारे सल्लाह हुँदै थियो ।
मंगलबार मात्र आफन्तसँग आमाले उनको बिहे गर्नेबारे छलफल गरेकी थिइन् । तर, एक्ली छोरी अन्माउने परिवारको सपना अधुरै रह्यो । बुधबार बिहानैदेखि कुलेश्वरको जनमैत्री कलेजकै गेटमा रहेको राउतको घर शोकमा डुबेको छ । बुधबार साँझ उनको निवासमा पुग्दा परिवारका सदस्य बोल्न नसक्ने अवस्थामा थिए । दाइ प्रमोद चितवन गएका थिए ।
परिवारमा रमाका आमा र दुई भाइ छन् । एकजना मेगा बैंकमा तथा अर्को नेपाल प्रहरीमा कार्यरत छन् । बिहानैदेखि राउतको निवासमा सान्त्वना दिन आफन्तको भीड लागेको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment