Saturday, February 20, 2016

कोइरालाको १३औं दिनको काम सकियो आइतबार देशैभर श्रद्धाञ्जलि कार्यक्रम

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको १३औं दिनको काम शनिबार सकिएको छ ।

कांग्रेसले आइतबार देशैभर श्रद्धाञ्जलि कार्यक्रम गर्ने भएपछि शनिबारै १३औं दिनको पितृप्रसाद कार्यक्रम आयोजना गरेको हो ।

कोइराला निवास महाराजगन्जमा भएको कार्यक्रममा पार्टीका कार्यबहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंहलगायतका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।

कोइरालाको गत माघ २६ गते निधन भएको थियो । कोइराला बस्दै आएको घरमै कोइरालाका भतिजाहरु अतुल कोइराला र सुधांश कोइरालाले काजकिरिया गरेका थिए ।imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment