प्रधानमन्त्री ओलीले भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
त्यस क्रममा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा ७ बुँदे समझदारी पनि भएको छ । यद्यपी भ्रमणका क्रममा भएका सहमति तथा समझदारीहरुलाई समेटेर जारी गरिने संयुक्र वक्तब्य भने जारी हुन भने सकेन ।
नेपालको नयाँ संविधानलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा भारतीय पक्षमा अलमल देखिएपछि संयुक्त वक्तब्य जारी हुन नसकेको बुझिएको छ ।
नेपालले संविधानलाई स्पष्ट शब्दमा स्वागत गर्नुपर्ने अडान राखेको तर भारतले अभैपनि राजनीतिक कोर्स पूरा नभएको आशय घुसाउन चाहेपछि संयुक्त वक्तब्य जारी हुन नसकेको बताइएको छ ।
imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment