एक पटक महात्मा बुद्ध कुनै गाउँ गएका थिए। त्यहाँ एक स्त्रीले उनलाइ सोधिन, ‘तपाई त कुनै राजकुमार जस्तो देखिनु हुन्छ, यस्तो युवावस्थामै यो पहेलो वस्त्र धारण किन गर्नुभएको?’
बुद्धले उत्तर दिए, ‘मैले तीन प्रश्नको हल खोज्नको लागि सन्यास लिएको हुँ’
बुद्धले भने, ‘हाम्रो शरिर युवा अनि आकर्षक छ, तर यो बुढो हुनेछ, अनि बिरामी हुनेछ र अन्तत: यसले मृत्यु प्राप्त गर्नेछ। मलाई वृद्धाअवस्था, बिमारी अनि मृत्युको कारणको ज्ञान प्राप्त गर्नुछ।’
बुद्धको कुरा सुनेर ती स्त्री निकै प्रभावित भइन अनि बुद्धलाइ भोजनको लागि आमन्त्रित गरिन।
जब यो कुरा गाउँका मानिसले सुने तब सबैले बुद्धलाइ भने कि उनी ती स्त्रीकोमा नजाउनु, किनकी ती स्त्री चरित्रहिन छिन। बुद्धले गाउँको मुखियासंग सोधे, ‘के यो कुरा सत्य हो?’
मुखियाले पनि गाउँका मानिसको कुरामा सहमति जनाए। तब बुद्धले मुखियाको एउटा हात समाएर भने अब ताली बजाएर देखाउ। मुखियाले भने, ‘यो त असम्भव छ, एक हातले त ताली बज्न सक्दैन।’
बुद्धले भने, ‘ठिक यसरी नै कुनै स्त्री एक्लै चरित्रहिन हुन सक्दिनन्। यदि यो गाउँका पुरुष चरित्रहिन नभएको भए ती स्त्री चरित्रहिन हुने थिइनन्।’
बुद्धका कुरा सुनेर गाउँका पुरुषले लाजले टाउको निहुर्याए।nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment