काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । सत्ता साझेदार दलका नेताहरुलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भ्रमणबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतिय समकक्षीसँग अडानसाथ कुरा राखेको बताए ।
‘अडानका साथ आफ्ना कुरा राखियो’ ओलीले भने ‘संविधानसभाको ९० प्रतिशत बहुमतले संविधान जारी गरेको हो । यसमा तपाईँहरुको रिजर्भेसन किन भनेर प्रष्टसँग सोधें । यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाँइहरु मिलेर जानुहोस भन्ने मात्र हो भन्नुभयो ।’
भारतलाई सिधै नेपालको सरकारसँग सम्बन्ध राख्न आफूले भनेको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘दुई चारजना मान्छेसँग होइन नेपालका बारेमा सिधै सरकारसँग कुरा गर्नुपर्छ भनेँ’, ओलीले नेताहरुलाई जानकारी दिँदै भने ।
बंगालदेशबाट अब सिधै नेपालमा बस्तुहरुको आयत गर्न सकिने सहमतिलाई ठूलो उपलब्धीका रुपमा लिुनपर्ने प्रधानमन्त्री ओलीले बताए ।
भारतका बिभिन्न ठाँउमा आफूलाई भब्य स्वागत भएको जानकारी ओलीले नेताहरुलाई गराए । भारतीय जनताको पनि नेपालप्रति देखाएको सद्भावलाई प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।
केही सञ्चार माध्यममा आएजस्तो भारतीय पक्षबाट हिन्दु राष्ट्रको बिषयमा कुनै कुरा नउठाइएको प्रधानमन्त्रीले स्पष्ट पारे ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment