Thursday, February 25, 2016

धनगढीमा गर्जिए कमल थापा, नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने घोषणा

धनगढी, १३ फागुन । ‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइमा आज यहाँबाट हिन्दुत्व जागरण अभियान सुरु गरिएको छ ।

‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको विरोधमा पुनःनेपाललाई हिन्दू राष्ट्र कायम गर्न यो अभियान थालिएको आयोजकले जनाएको छ ।

यहाँ आज आयोजित हिन्दुत्व जागरण सभाको राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्दै विदेशीको दबाब र प्रभावमा परेर षड्यन्त्रपूर्वक ढङ्गले हिन्दू राष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास गरिएको बताउनुभयो ।
अध्यक्ष थापाले संविधानसभामार्फत बनेको नयाँ संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम राख्न राप्रपा नेपालले गरेको प्रयास सफल नभए पनि आफूहरुले हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम नलिने बताउनुभयो । रासस
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment