वालिङ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयन आजको मुख्य चुनौती भएको बताएका छन् ।
उनले संविधान कार्यान्वयनमा विविधखाले समस्या आउनसक्ने तर्फ केन्द्रीत हुदै संविधान कार्यान्वयनमा समस्या आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।संविधानसभाबाट ६५ वर्षपछि नेपाली जनताले आफैँ निर्माण गरेको संविधान जारी भइसकेको बताउँदै उनले अब यसको कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गरे । उनले संविधान जसरी पनि कार्यान्वयनमा ल्याउनुपर्ने बताउँदै उत्कृष्ट संविधानका बारेमा भ्रम फैलाइएको बताए ।
“संविधानलाई सबैको साझा दस्तावेजका रुपमा अगाडि बढाउँदा कोही कसैको आवाज सम्बोधन नभएको पनि हुनसक्छ” एकीकृत नेकपा माओवादी स्याङ्जाले आज वालिङमा आयोजना गरेको सहिद सप्ताह तथा बेपत्ता परिवारको सम्मानमा आयोजित कार्यक्रममा गृहमन्त्री बस्नेतले भने,–“सम्बोधन नभएको विषय संशोधनमार्फत सच्याउन पनि सकिन्छ ।”
उनले संविधानको कार्यान्वयन र देश विकासका लागि वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गृहमन्त्री बस्नेतले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारका सदस्यलाई सम्मान गरेका थिए ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment