Saturday, February 27, 2016

एमाओवादी महासचिव महरा सुटुक्क भारत प्रस्थान, के-के गर्दैछन् दिल्लीमा ?

काठमाडौं, १५ फागुन । एकीकृत माओवादी महासचिव कृष्णबहादुर महरा तीन दिने भारत भ्रमणका क्रममा शनिबार सुटुक्क दिल्ली प्रस्थान गरेका छन् ।
एमाओवादीको जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मञ्चको उत्तर भारत क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महरा भारत गएको एमाओवादीका विदेश विभाग सचिव युवराज चौलागाईंले बताए ।
चौलागाईंका अनुसार महरा शनिबार दिल्लीमै बसेर आइतबार सम्मेलन उद्घाटनका लागि पञ्जाबको राजधानी चण्डिगढ जानेछन् ।
स्रोतका अनुसार महरा आइतबार सम्मेलन सकेर दिल्ली आउने सोमबार दिल्लीमा फर्केर केही नेताहरुसँग भेटघाट गरी अध्यक्ष प्रचण्डको सन्देश सुनाउनेछन् । महरा सोमबार साँझा फर्किनेछन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment