Sunday, February 28, 2016

कांग्रेसमा भारतको समर्थन देउवा कि पौडेल ? दिल्लीबाट आउँदैछन यी नेताहरु

काठमाडौं, १६ फागुन । महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेपाली कांग्रेसमा सभापतिका दुई प्रमुख उम्मेदवारले कडा मेहनत गरिरहेका छन् ।
संस्थापनका उम्मेदवार रामचन्द्र पौडेल र यता वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा तीव्र तयारी र जोडघटाउ गरिरहेका छन् ।
कार्यकर्तादेखि केन्द्रीय नेतासम्मले पौडेल र देउवामध्ये एक जनालाई समर्थन गरिरहेका छन् । पार्टीभित्र मात्र होइन् पार्टी बाहिर र छिमेकी देशहरुले पनि पौडेल र देउवाको पक्षमा आफ्नो समर्थन जनाइरहेका छन् ।
आज विहान मात्रै एमाओवादी अध्यक्ष प्रचण्डले पौडेललाई समर्थन गरेको समाचार सार्वजनिक भएको थियो । यता छिमेकी देश भारतले भने देउवालाई समर्थन गर्ने संकेत देखाएको छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले देउवा नजिकका नेतामार्फत समर्थनको संकेत गरेको हो ।
महाधिवेशनमा शुभकामना दिन वीजेपीका अध्यक्ष अमीत शाह र वरिष्ठ नेता एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेता भगतसिंह कोस्यारीलाई काठमाडौं पठाउन लागेका हुन् ।
कोस्यारी देउवा नजिकका नेता तथा नातेदार पनि हुन् । कोस्यारीलाई महाधिवेशनमा पठाउनु भनेको भारतले देउवालाई समर्थन गर्नु बराबर भएको विश्लेषकहरु बताउँछन् । यो समर्थनले कस्तो प्रभाव पार्ने हो त्यो हेर्न बाँकी नै छ ।
दिल्लीबाट को-को आउँदैछन ?
यसैगरी महाधिवेशनमा सहभागी हुन भारतका केही नेताहरु आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कांग्रेसको निमन्त्रणामा सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसीयारी नेपाल आउने भएका हुन् । अन्य केही नेताहरु पनि आउने तयारीमा छन् ।
महाधिवेशनमा शुभकामना दिन उनीहरु पाहुना बनेर नेपाल आउन लागेका हुन् । सत्तारुढ विजेपी अध्यक्ष अमित शाहले भगतसिंहलाई महाधिवेशनका लागि नेपाल पठाउन लागेका हुन् ।
भगतसिंह सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाका नजिकका हुन् । देउवा र कोसियारीबीच पारिवारिक सम्बन्ध छ । नेपाल आउँदा कोसियारी देउवा निवास बुढानिलकण्ठमा बस्नेछन् ।
कांग्रेसले भारतीय जनता पार्टीसँगै भारतका कँग्रेस आई, कम्युनिष्ट पार्टी लगायतका नेतालाई निम्ता पठाएको थियो ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment