Saturday, February 27, 2016

चीन सहित तीन देशलाइ शक्ति देखाउन अमेरिकाको अन्तरमहादेशिय मिसाइल परिक्षण

१५ फागुन, एजेन्सी

अमेरिकी सेनाले बिहिबार राती अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल परिक्षण प्रहार गरेको छ। अमेरिकाको हप्तादिन भित्रको यो दोस्रो मिसाइल परिक्षण हो। रुस चीन र उत्तर कोरियाको साथ बढ्दो तनावको बीच अमेरिकीले आफ्नो आणविक शक्ति देखाउन यो परिक्षण गरेको बताएको छ।

America ballistic missile test 43615311

मिनेटम्यान ३ नाम दिइएको मिसाइल परिक्षणको बारेमा बोल्दै अमेरिकी सहायक रक्षा मन्त्रि रोबर्ट वर्कले तीन देशलाई अमेरिकाको शक्तिबारे ज्ञातहोस् भनि मिसाइल परिक्षण गरेको बताएका छन्।

२४ हजार किलोमिटर प्रतिघण्टाको गतिमा क्यालिफोर्निया स्थित भ्येनडेनवर्ग एयर फोर्स बेसबाट यसको परिक्षण गरिएको थियो। आधा घण्टा पश्चात ६,५०० किलोमिटर परको मार्सल द्विपमा ल्याण्ड भएको थियो।

America ballistic missile test 33285211

यो मिसाइलले १० हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्दछ। अर्थात रुस, चीन र कोरियामाथी यो मिसाइलको खतरा रहेको छ।

सन् २०११ जनवरी पश्चात १५ वटा परिक्षण गरिसकेको बताउँदै मन्त्रि वर्कले रुस, चीन र उत्तर कोरियालाई अमेरिकाको आणविक शक्तिको प्रष्ट सन्देश जाओस् बनि यो परिक्षण गरिएको बताएका छन्।

अमेरिकाले मिसाइल परिक्षण गरेको कारण

१. उत्तर कोरियाको चुनौती



उत्तर कोरियाले ७ फ्रेब्रुअरीमा लामो दुरीको मिसाइल लञ्ज गरेको थियो।
किम जोग उनका अधिकारीहरुले यसलाई ‘अर्थ अब्जर्वेशन स्याटेलाइट लञ्च’को नाम दिए। जबकी अमेरिका र जापानले यसलाई मिसाइल परिक्षण बताएको थियो।

यो भन्दा अघि उत्तर कोरियाले जनवरीमा हाइड्रोजन बम परिक्षण गरिसकेको छ। साथै सन् २००६,२००९ र २०१३ मा परमाणु बमको समेत परिक्षण गरिसकेको छ।

२. चीनसंगको विवाद

चीनसंग अमेरिकाको साउथ चाइना सागरको विषयला‍ई लिएर विवाद चल्दै छ।
चीन साउथ चाइना सागरमा १२ माइलको इलाकामा हक चाहन्छ। चीनको साथै ताइवान, फिलिपिन्स, भियतनाम र मलेसिया पनि सो इलाकामा आफ्नो दाबी जनाउँछन्।

त्यहाँ भएको तेल र ग्याँसको लागि यस्तो विवाद बढेको हो। अमेरिकाको अनुसार सो इलाकामा २१३ अरब ब्यारल तेल र ९०० ट्रिलियन क्यूबिक फिट प्राकृतिक ग्याँसको भण्डार छ। यो समुन्द्री बाटोबाट हरेक वर्ष ७ ट्रिलियन डलको व्यापार समेत हुने गरेको छ।

चीनले हालसालै साउथ चाइना सागरमा आठ मिसाइल तैनाथ गरिसकेको छ। त्यसपश्चात अमेरिका र चीनको बयानबाजी जारी छ।

३. रुसको विश्व युद्धको धम्की
पछिल्लो दिन रुसका प्रधानमन्त्री दिमित्री मेडभेडेभले चेतावनी दिएका थिए, ‘यदि सिरियाको युद्धमा अरब देशका सैनिक आउँछन् भने त्यसबाट विश्व युद्ध सुरु हुनेछ। अमेरिका र हाम्रा अरब सहयोगिहरुले यो बारेमा गम्भिरतासंग सोच्नु पर्नेछ कि उनीहरु संधैको लागि युद्ध चाहन्छन्?’

सिरियामा रुस असदको समर्थनमा छ, जबकी अमेरिका विरोधमा छ। यसैकारणले दुइ देशको बिच विवाद बनेको हो।

४. अमेरिकाको आफ्नै शक्ति कमजोर

अमेरिकाको आफ्नो आणविक भण्डारको आयु सकिदै छ। ओबामा प्रशासनले यसलाई दुरुस्त फर्काउन यहि महिना १.८ अरब डलरको बजेट छुट्याएको छ। अमेरिका मिसाइल परिक्षण गरेर आफ्नो ताकत कायम रहेको देखाउन चाहन्छ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment