Saturday, February 20, 2016

ओलीलाई ८० मेगावाट बिजुली उपहार, लोडसेडिङ घट्ने

काठमाडौं: भारतले नेपाललाई ८० मेगावाट थप बिजुली दिएको छ । दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।

यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।


भर्खरै निर्माण पुरा भएको यो प्रसारण लाइनबाट नेपालमा परीक्षणका रुपमा १५ मेगावाटमात्र बिजुली आइरहेको थियो ।

भारतबाट आजैदेखि ८० मेगावाट बिजुली थपिएपछि नेपालमा हाल जारी लोडसेडिङ दुई घन्टा घट्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment