Sunday, February 21, 2016

अनेरास्ववियूमा नविना लामाको प्यानललाई अग्रता

काठमाडौं, फागुन ९ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ ।
जारी मतगणनामा अध्यक्षका प्रत्यासी नविना लामाले अग्रता  लिएकी छिन् । लामाले अहिलेसम्म ४ सय ८७ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवार दीपक गौतमले ३ सय ७४ मत प्राप्त गरेका छन् ।
महासचिवमा लामा प्यानलकै ऐन महराले ४ सय ८१ र गौतम पक्षका अब्दुल हुसेन खाँले ३ सय ६९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा लामा प्यानलकै रश्मी आचार्यले अग्रता लिएका छन् ।
१ हजार ५ सय ९७ प्रतिनिधि रहेको चुनावमा १ हजार ५ सय १९ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियुमा १ सय ४१ सदस्यसहित राष्ट्रिय परिषद् सदस्य, अनुशासन आयोग र लेखा आयोगको १५/१५ जना सदस्य चयनका लागि चुनाव भएको हो । मतगणनाको परिणाम आजै साँझसम्म घोषणा हुनसक्ने बताइएको छ ।
imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment