Friday, February 26, 2016

दुर्घटनाबारे स्थानीयको भनाइ- विमान खेतमै झर्‍यो

१४ फागुन, जुम्ला ।

कालिकोटमा काष्टमण्डप एयरलाइन्सको विमान दुर्घटना भएको छ । जुम्लाकालागि उडेको काष्टमण्डप एयरको नाइन एन एजेवी विमान आकश्मिक अवतर०का क्रममा दुर्घटनामा परेपछि विमान चालकको निधन भएको प्रारम्भिक विवरण आएको छ ।

आकश्मिक अवतरणका क्रममा विमान खेतमै खस्न पुगेको स्थानीयबासीले बताएका छन् । विमानले ठूलो आवाज गर्दै आएर खेतमै अवतरण गरेको र जोडसँग भुइँमा बझारिएको उनीहरुको भनाइ छ ।


विमान बझारिएपछि यात्रुहरु फुटेको शिशाबाट बाहिर आएको आफूहरुले देखेको समेत उनीहरुले बताएका छन् ।

यो समाचार तयार पार्दा सम्म चालकको मृत्यु भैसकेको र यात्रु मध्ये ५ जना गम्भिर घाइते भएको बताइएको छ । विवरणको आधिकारिक पुष्टी हुन बाँकी छ ।

विमानमा को को थिए ?

दुर्घटनामा परेको काष्टमण्डप एयरको नाइन एन जेवी जहाजमा चालक क्याप्टेन दिनेश न्यौपाने को पाइलट सन्तोष रानाको चालक दल थियो भने यात्रुहरुमा शोनाली भट्टचन, लक्ष्मी सुनार, मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री रहेको बताइएको छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment