भैरहवा, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आउने थाहा पाएपछि बाटोमा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका केही नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार भैरहवामा प्रधानमन्त्री ओलीको आगमनको बिरोध गर्दै मधेशी मोर्चाले रुपन्देही बन्दको घोषणा गरेको थियो तर बन्दको खासै कुनै असर देखिएन ।
बन्द गराउने क्रममा बनगाईवाट मोर्चामा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीका केन्द्रिय महासचिव हरिशचन्द्र सिंह र तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष अजय वर्मा, सोही पार्टीका रवि यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य रामवेलास यादव र तुलसीराम यादवलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
संविधानको प्रचारप्रसारका लागि आयोजना गरिएको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली भैरहवा पुगिसकेका छन् ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment