नेपालगञ्जदेखि जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोट चिल्खा गाविसमा आकस्मिक अवतरण गर्दा दुर्घटना हुन पुगेको छ ।
नेपालगञ्जबाट जुम्लाका लागि दिउँसो १ बजेर १६ मिनेटमा उडेको काष्ठमण्डप एयरलाइन्सको ९ एन एजेबी टुइनअटर विमान कालिकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
घटनास्थलमा रहेका चिल्खा स्वास्थ्यचौकीका अहेब किशोर श्रेष्ठले जानकारी अनुसार आकस्मिक अवतरण गराउने क्रममा २ जनाको ज्यान गएको छ भने बाँकी ९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए ।
तर काष्टमण्डप एयरलाइन्सले भने सबैको सकुसल रहेको दावी गरेको छ । विमानमा क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष राना छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख भूपेन्द्र भट्टले आकस्मिक अवतरणका क्रममा विमानमा रहेका ११ जना सामान्य घाइते भएको जानकारी दिए ।
घाइतेको उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको हेलिकोप्टर गइसकेको र काठमाडौबाट पनि हेलिकोप्टर पठाइएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाले नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ । स्वास्थ्यकर्मीले ज्यान गएका दुई जनामा चालक दलका सदस्य परेको आशंका गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment