Wednesday, March 1, 2017

सेल्फी खिच्नकै लागि पार्टीमा जान्छिन् अमिषा


अमिषा पटेलले आफ्नो करिअरको प्रारम्भमा निकै धुम मच्चाइन् । उनले अभिनय गरेको पहिलो फिल्म ‘कहो ना प्यार है’ ले सफलताको रेकर्ड कायम गरेको थियो भने दोस्रो फिल्म ‘गदर एक प्रेमकथा’ पनि ब्लकबस्टर भएको थियो ।

लगातारको सफलताबाट टुप्पोमा पुगेकी अमिषाले आफूलाई स्थिर राख्न सकिनन् । उनी विक्रम भट्टसँगको प्रेममा फसिन् र आफ्नो करिअरलाई भुलिदिइन् । जब उनलाई होश आयो र आफ्नो करिअरको बारेमा सोच्न थालिन्, त्यतिबेला धेरै ढिलो भइसकेको थियो ।

यसबीचमा अमिषालाई केही फिल्महरु प्राप्त भए तर, सबै असफल भए । त्यसपछि उनलाई निर्माता-निर्देशकले पत्याउन छोडे ।

आजकाल फिल्ममा देखिन छोडेकी अमिषा फिल्मी पार्टीहरुमा भने खुब देखिन्छिन् । पार्टीमा सामेल भएर उनी अन्य चल्तिका स्टारहरुसँग सेल्फी खिचिरहेकी हुन्छिन् । ती सेल्फीहरुलाई सामाजिक सञ्जालमा पोष्ट गरेर उनी निर्माता-निर्देशकको ध्यान आकृष्ट गर्न खोज्छिन् । तर, अहिलेसम्म यसबाट उनको काम बन्न सकेको छैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment