Wednesday, March 1, 2017

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक


 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक आह्वान गरेका छन् । बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चालाई बोलाइएको छ ।

दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी स्थानीय तह चुनाव र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले पछिल्लो पटक स्थानीय चुनावपछि संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् । स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तह प्रमुख उपप्रमुखको मताधिकार हटाउन संविधान संशोधनको अर्को विधेयक ल्याउने उनको योजना छ ।

तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान लिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment