Wednesday, March 1, 2017

काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा पौडेल


 काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वरराज पौडेल नियुक्त भएका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई अन्यत्र सरुवा गरेर पौडेललाई ल्याइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सहसचिव पौडेललाई महानगर प्रमुखका रुपमा जिम्मेवारी दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जनाएको छ ।


निर्वाचन आअचारसंहिता लागू हुनु अघि नै मंगलबार प्रमुख कार्यकारी अधिकृतको रुपमा पौडेललाई पठाउने निर्णय भएको मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताए ।

प्रमुख कार्यकारीमा नियुक्त भएका पौडेलले यसअघि कास्कीमा स्थानीय विकास अधिकारीको रुपमा पनि काम गरिसकेका छन् ।

अब स्थानीय निकायको चुनाव नभएसम्म सहसचिव पौडेललेले महानगर प्रखुखको भूमिका निर्वाह गर्नेछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment