Wednesday, March 1, 2017

सप्तरीका स्कुलमा बम आतंक, विद्यार्थी र अभिभावक त्रासमा


 राजविराजका विद्यालयहरुमा लगातार बम फेला पर्न थालेपछि विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयहरु त्रसित बनेका छन् ।


पछिल्लो दुई दिन विद्यालयहरुमा लगातार बम भेटिएको छ । बुधबार राजविराज-५ स्थित लक्ष्मी इंग्लिस बोर्डिङ स्कुल प्रांगणभित्रै बम फेला परेको प्रहरीले जनाएको छ ।

बिहान ७ बजेतिर फेला परेको बमलाई नेपाली सेनाको टोलीले साढे १० बजेतिर निष्कृय पारेको छ ।

यसअघि मंगलबार राजविराज ९ स्थित पिस जोन मोडेल स्कुल अगाडि सकेट बम फेला परेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment