Wednesday, March 1, 2017

वर्ल्डकी लेडी डन, खतरनाक सुन्दरी


यी खुंखार अपराधी हुन् । अक्सर डरलाग्दा हतियारले सु-सज्जित हुन्छिन् । तर, यिनको चर्चा अपराध भन्दा ग्ल्यामरस लुक र मादक अनुहारको कारण हुने गर्छ । जबकी मेक्सिकोकी यी लेडी डन विश्वकै खतरानाक अपराधी हुन् ।

अमेरिकी सुरक्षा एजेन्सीको टाउको दुखाईको बिषय बनेकी छिन्, यिनी । म्याक्सिकन ग्याङकी प्रमुख हुन् । उनीहरुमाथि सैयौंलाई हत्या गरेको आरोप छ । २७ बर्षको उमेरमै क्लाउडिया विश्वको सबैभन्दा क्रुर अपराध गर्ने ग्याङमा सामेल भएकी हुन् ।

कसरी पुगे नेतृत्वमा

उनी यस ग्याङको नेतृत्वमा पुग्नु एउटा संयोग थियो । त्यसअघि उनको ब्वाइफ्रेन्ड जोस रोडि्रगो रचेगिाले ग्याङको नेतृत्व सम्हालेका थिए । पछि उनी गिरफ्तारीमा परे । फलतः त्यसको जिम्मेवारी क्लाउडियामाथि आइपर्‍यो ।

के भनिन्छ भने, क्लाउडियासँग अकुत पैसा छ । र, उनी तीन बच्चाकी आमा समेत हुन् । अक्सर उनी एके-४७ आफ्नो हातमा लिइरहेकी हुन्छिन् । त्यसो त एउटा ठूलो फौज उनको बडिगार्ड नै छ ।

अपराध जगतकी किम कादर्शियन

उनी यति क्रुर अपराधी हुन् कि, जसले दुनियाँलाई थर्कमान बनाएकी छिन् । तर, उनको अर्को पाटो भने निकै ग्ल्यामरस छ । उनी अमेरिकी रियलिटी स्टार किम कार्दशियन भन्दा कम छैनन् ।

इन्स्टाग्राफ, फेसबुक, ट्वीटर जताततै उनको ग्ल्यामरस तस्विर देखिन्छ । त्यसैले त उनलाई ‘द किम कार्दशियन अफ अर्गनाइज्ड क्राइम’ पनि भनिन्छ ।







Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment